नारायण हेल्थले आर्जित गरेको विश्वासले चुनौतीपूर्ण समयमा पनि मार्गदर्शन गरिरहने छ: ग्रुप सिओओ भेङ्कटेश

IMG-20260119-WA0080

नयाँ दिल्ली: नारायण हेल्थका ग्रुप सिओओ भेङ्कटेश आरले एक प्रेस विज्ञप्ति मार्फत नारायण हेल्थमा हेरचाहको केन्द्रमा सुरक्षा हुँदा मात्रै विश्वास निर्माण हुने विश्वस्त रहेको बताए साथै आवश्यकता परेका व्यक्तिहरूको सेवा गर्दै आर्जित गरेको विश्वासले चुनौतीपूर्ण समयमा पनि मार्गदर्शन गरिरहने जनाए।
श्री भेङ्कटेशले जनाए नारायण अस्पतालले बारासातमा निपाह भाइरसका दुई बिरामीको उपचारपछि सबै सरकारी तथा सार्वजनिक स्वास्थ्य निर्देशिकाहरूको कडाइका साथ पालना गर्दै आएको छ भने आपतकालीन सेवाहरू निरन्तर जारी रह्यो र वैकल्पिक (इलेक्टिभ) प्रक्रियाहरू चरणबद्ध रूपमा पुनः सुरु गरिएको छ। साथै यस अन्तर्गत १९ जनवरीदेखि अस्पतालमा सबै इलेक्टिभ केसहरू पुनः सञ्चालनमा ल्याइएको छ।
यस महत्वपूर्ण समयमा निरन्तर सहयोग र मार्गदर्शनका लागि पश्चिम बंगाल सरकारको मुख्य सचिव, पश्चिम बंगाल सरकार, तथा प्रधान सचिव (स्वास्थ्य), प्रति श्री भेङ्कटेश आभारी रहेको जनाए।
सिओओले प्रेस विज्ञप्ति भने, एहतियातका रूपमा धेरै स्वास्थ्यकर्मीहरूलाई आइसोलेशनमा राखिएको थियो। सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ र उनीहरू निर्धारित सरकारी प्रोटोकलअनुसार आइसोलेशनमै छन्। क्रिटिकल केयर टिमहरू बिरामीको उपचारका लागि चौबीसै घण्टा कार्यरत छन् र अस्पताल प्रशासन तथा राज्य स्वास्थ्य विभागबीचको नजिकको समन्वयमा सबैका लागि सुरक्षित र आश्वस्त वातावरण कायम राखिएको छ।
अन्तमा सीओओले यस चुनौतीपूर्ण समयमा साथमा उभिने स्वास्थ्य प्राधिकरणहरू, स्वास्थ्यकर्मीहरू र समुदायप्रति आफ्नो गहिरो कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement