नामीबियाविरुद्ध उलटफेरको शिकार बन्यो दक्षिण अफ्रिका

IMG-20251012-WA0056

विण्डहोक (नामीबिया): नामीबियाले रोमाञ्चक टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरी ठूलो उलटफेर गऱ्यो। आईसीसीको पूर्ण सदस्य टीमविरुद्ध नामीबियाको यो चौथो जीत हो। नामीबियाले यसअघि जिम्बाब्वे, आयरल्याण्ड र श्रीलंकालाई पनि पराजित गरिसकेको छ। अधिकांश अनुभवी खेलाड़ीहरू नै टेस्ट सीरीजको निम्ति पाकिस्तान यात्रामा रहेको हुनाले दक्षिण अफ्रिकाले यस एकमात्र टी२०आई म्याचमा शुरुदेखि नै संघर्ष गर्नु पऱ्यो। नामीबियाले आफ्नो घरेलु मैदान नामीबिया क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकी टीमलाई २० ओभरमा ८ विकेटमा १३४ रनको स्कोरमा रोक्यो। पीच धीमा रहेको हुनाले ब्याटरहरूका निम्ति शट् खेल्नु सजिलो थिएन। त्यसपछि आयोजक टीमले म्याचको अन्तिम बलमा चौकाको साथ ऐतिहासिक जीत हासिल गऱ्यो। नामीबियाले २० ओभरमा ६ विकेटमा १३८ रन बनाएर म्याच जित्यो। आईसीसीको एसोसिएट सदस्य नामीबियाले यस टी२० इण्टरनेशनल म्याच अघि दक्षिण अफ्रिकाविरुद्ध कुनै पनि प्रारूपमा म्याच खेलेको थिएन तर शनिवार गेरहार्ड एरास्मसको कप्तानीमा टीमले दोस्रो दर्जाको दक्षिण अफ्रिकी टीमलाई पराजित गरी आफ्नो सपना साकार गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको निम्ति जेसन स्मिथले ३१, रुबिन हेरमेनले २३ र लुहान-ड्रे प्रीटोरियसले २२ रन बनाए। नामीबियाई बलरहरूमा रुबेन ट्रम्पेलम्यानले ३ र म्याक्स हेंगोले २ विकेट लिए। यसरी नामीबियाको तर्फबाट जेन ग्रीनले अविजित ३०, कप्तान गेरहार्ड एरास्मसले २१ र रुबेन ट्रम्पेलम्यानले अविजित ११ रन बनाए।

About Author

Advertisement