नक्सलबारीमा ३ हजार अपाङ्ग व्यक्तिलाई अत्यावश्यक सामग्री वितरण

YouTube-Thumbnail-New-18

नक्सलबारी: नक्सलबारी क्षेत्रमा एक प्रेरणादायी पहल अन्तर्गत ३ हजार अपाङ्ग व्यक्तिहरूलाई अत्यावश्यक सहायक सामग्री वितरण गरिएको छ।
भारत सरकारको सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयको सहयोगमा करिब ५० लाख रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीमा ह्वीलचेयर, श्रवण सहायक यन्त्र, ढाड दुखाइका लागि सहायक पेटी, हिँडडुल गर्न प्रयोग हुने लठ्ठी तथा अन्य आधुनिक सहायक उपकरणहरू समावेश छन्।
यी सामग्रीहरू नक्सलबारी क्षेत्रका विधायक आनन्दमय बर्मनको कार्यालयबाट वितरण गरिएको हो।
विधायक आनन्दमय बर्मनले ग्रामीण क्षेत्रका धेरै मानिसहरूले यस्ता आधुनिक उपकरण किन्न नसक्ने भएकाले यस पहलमार्फत आवश्यक सहयोग उपलब्ध गराइएको बताए।
उनले सम्पूर्ण निर्वाचन क्षेत्रमा रहेका ३ हजार अपाङ्ग व्यक्तिहरूले यी आधुनिक सहायक उपकरणबाट लाभ उठाउने जानकारी पनि दिए।

About Author

Advertisement