कोलकाता: पश्चिम बंगाल पुलिसले भारतको प्रमुख घरेलु कीटनाशक ब्रान्ड ‘गुडनाइट’ उत्पादन गर्ने कम्पनी गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (जीसीपीएल) सँग मिलेर उत्तर र दक्षिण २४ परगना का विभिन्न स्थानमा छापामारी सञ्चालन गर्यो। यस कारबाहीको मुख्य उद्देश्य उक्त क्षेत्रमा नक्कली गुडनाइट रिफिलको बिक्रीलाई नियन्त्रण गर्नु थियो। जीसीपीएलको अनुसन्धान एजेन्सीको सहयोगमा गरिएको यो छापा बजारमा फैलिरहेका नक्कली मच्छर भगाउने उत्पादनहरू रोक्नको लागि ठूलो पहल मानिन्छ।
पक्का सूचनाको आधारमा स्थानीय पुलिस र अनुसन्धान टोलीले नक्कली सामान भएको आशंका गरिएका खुद्रा दाेकान र भण्डारण केन्द्रहरूमा छापा मारे। छापामारीका क्रममा ठूलो मात्रामा नक्कली गुडनाइट सामग्री बरामद गरियो, जसले नक्कली उत्पादनको निर्माण र वितरणमा एउटा व्यवस्थित गिरोह संलग्न रहेको संकेत गर्छ।
उत्तर २४ परगनाको टीटागढस्थित अली हैदर रोडमा रहेको एक रिफिलिङ युनिटबाट २,५४० वटा गुडनाइट फ्ल्यासका तयार ट्विन-रिफिल प्याक (प्रति ९० मिलि), ६०० भरीएका बोतल, १,८६० खाली बोतल, ६,२०० लेबल र ६,५०० प्याकिङ बक्स जब्त गरियो। त्यसैगरी, टीटागढकै एनएस पथमा रहेको एक स्टकिस्ट युनिटबाट १,९५० ट्विन-रिफिल प्याक र खरदहको मीरा स्टोर (आपूर्तिकर्ता) बाट ५०० प्याक बरामद भयो। बेलघरिया स्थित आचार्य स्टोर्सबाट ६७ ट्विन-रिफिल प्याक र पनिहाटीको माँ तारा भण्डारबाट १६५ ट्विन-रिफिल प्याक तथा एउटा मेसिन कम्बो प्याक पनि जब्त गरियो।
उता, दक्षिण २४ परगनाको काकद्वीप स्टेशन रोडस्थित माँ बसन्ती भण्डारबाट ५६९ ट्विन-रिफिल प्याक र काकद्वीप क्षेत्रको काली मन्दिर रोडस्थित बसन्ती स्टोर्सबाट २५५ पीस बरामद गरियो।
आरोपीहरूविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) र प्रतिलिपि अधिकार ऐन, १९५७ का विभिन्न धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ। अधिकारीहरूले अब वितरण शृंखला र सप्लाइ नेटवर्कको पत्ता लगाउँदैछन्, ताकि पश्चिम बंगाल तथा छिमेकी राज्यहरूमा यस्ता जोखिमपूर्ण उत्पादनहरूको विस्तारलाई रोकिन सकियोस्। यो कारबाही नक्कली सामान बेच्नेहरूका लागि चेतावनी हो र उपभोक्ता विश्वासको सुरक्षा प्रति जीसीपीएलको प्रतिबद्धता झल्काउँछ।
यस विषयमा टिप्पणी गर्दै, गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेडका सीएमओ अश्विन मूर्तिले भने: “देशभर नक्कली उत्पादनहरूको फैलावट एफएमसीजी उद्योगका लागि ठूलो चिन्ताको विषय हो। नक्कली वा मिल्दोजुल्दो उत्पादनहरू केवल अवैध मात्र होइनन्, मानव स्वास्थ्यका लागि हानिकारक र खतरनाक पनि हुन्। जीसीपीएलले आफ्ना आम्दानीको महत्वपूर्ण हिस्सा नयाँ र उत्कृष्ट उत्पादन विकासमा लगानी गर्छ, र गुडनाइट यसको प्रमुख उदाहरण हो। हामी आफ्नो वितरण सञ्जाल र स्थानीय अधिकारीहरूसँग मिलेर नियमित रूपमा गुणस्तर जाँच गर्दै आएका छौँ। पश्चिम बंगाल प्रहरीले गरेको यो पहलले राज्यभर नक्कली गुडनाइट उत्पादनका निर्माता र विक्रेतामाथि प्रभावकारी अंकुश लगाउनेछ।









