धुरंधर: द रिवेंज ले बदलिदियोनवीन कौशिक को भाग्य

694fcc8dbad96-naveen-kaushik-quit-industry-270943774-16x9

मुंबई: अडिसनमा पटक–पटक अस्वीकृत हुँदै आएका अभिनेता नवीन कौशिक को भाग्य अन्ततः धुरंधर: द रिवेंज ले बदलिदियो। पहिलो भागमा ‘डोंगा’ पात्रबाट छुट्टै पहिचान बनाएका उनी अहिले दोस्रो भागलाई लिएर चर्चामा छन्।
उनका अनुसार यही फिल्म उनको करियरको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सावित भएको छ।
टिजरबारे प्रतिक्रिया दिँदै उनले पहिलो भागको अन्त्यमा छोडिएका प्रश्न- हमजा को हो, कहाँबाट आयो, दोस्रो भागमा खुल्ने बताए। फिल्ममा आर माधवन को पात्रले ‘जिन्दगीमा केही बाँकी नरहेका’ मानिस छान्ने संवाद चर्चित बनेको छ।
सामाजिक सञ्जालमा देखिएको मिश्रित प्रतिक्रियाबारे उनले टिजरमा देखिएका केही दृश्य पहिलो भागको प्रि–क्रेडिट सीनबाट लिइएको स्पष्ट पारे। १९ मार्चको रिलिज मिति सारिने हल्लाबीच टिजरले तय मितिलाई पुष्टि गरेको उनको भनाइ छ।
दोस्रो भागमा आफू नदेखिँदा थोरै खिन्नता भए पनि कथाको आवश्यकताअनुसार पात्रको यात्रा पहिलो भागमै टुंगिएको उनले स्वीकारे।
फिल्मसँग जोडिनुमा उनले कास्टिङ निर्देशक मुकेश छाबड़ा लाई श्रेय दिए। लामो संघर्षपछि अभिनय नै छोड्ने सोच बनाएका बेला निर्देशक आदित्य धर सँग भेट गराएर भूमिका दिलाएको उनले स्मरण गरे।
छायांकनका क्रममा रणवीर सिंह, अक्षय खन्ना र संजय दत्त सँग काम गर्नु सिकाइपूर्ण अनुभव रहेको उनले बताए।
फिल्ममाथि उठेको बहिष्कारको बहसबारे उनले कथालाई समुदायविरुद्ध नभई आतंकवादलाई बढावा दिने प्रणालीमाथिको टिप्पणीका रूपमा बुझ्न आग्रह गरे।
पहिलो भागले १३०० करोड कमाएको सन्दर्भ उल्लेख गर्दै उनले दोस्रो भागले २००० करोडको आँकडा पार गरोस् भन्ने अपेक्षा व्यक्त गरे। १९ मार्चमा टॉक्सिक सँग हुने प्रतिस्पर्धालाई उनले दर्शकका लागि सकारात्मक अवसरका रूपमा व्याख्या गरे।

About Author

Advertisement