‘द जजमेन्ट डे–२.०’ टोलीको मुख्यमन्त्रीसँग भेट

FB_IMG_1764521148191

आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यबारे जागरूकता अभियानको प्रशंसा

गान्ताेक: सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको नेतृत्वमा नाटक ‘द जजमेन्ट डे–२.०’ को एक प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग मिन्तोकगाङमा शिष्टाचार भेट गरेको छ।
टोलीमा एञ्जल मोशन पिक्चर्सकी निर्देशक एञ्जल छिरिङसहित अन्य सदस्यहरू सहभागी थिए।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत यस पहलको प्रशंसा गर्दै नाटकले आत्महत्या रोकथाम, लागूपदार्थ दुरुपयोग विरुद्ध जागरूकता तथा मानसिक स्वास्थ्यको महत्त्वबारे समाजमा विशेष सन्देश प्रवाह गर्ने उल्लेख गरे। उनका अनुसार यो अभियान विशेष गरी विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थी तथा युवामाझ चेतना जगाउने उद्देश्यका साथ अघि बढाइएको हो।
मुख्यमन्त्रीले परियोजना सिम्फेड अध्यक्ष तेन्जिङ दोर्जी भोटियाको संरक्षणमा सञ्चालन भइरहेको जानकारी दिँदै यसमा संलग्न सबै कलाकारहरू सिक्किमकै हुनु गौरवको विषय भएको बताए। उनले यो सामाजिक रूपान्तरणकारी प्रयास सफल होस् र दीर्घकालीन प्रभाव छोडोस् भन्ने शुभकामना व्यक्त गरे।

About Author

Advertisement