द. अफ्रिकाविरुद्ध घरेलु सीरीजको निम्ति अष्ट्रेलियाद्वारा टी२० र वनडे टीमको घोषणा

IMG-20250730-WA0090

सिडनी: क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध घरेलु टी२० र वनडे सीरीजको निम्ति टीमको घोषणा गऱ्यो। यी दुई टीमबीच ३ वटा टी२० र ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। ट्रेविस हेड र जोश हेजलवुड दुवै टीममा फर्किएका छन्। यी दुईजनालाई हालै वेष्ट इण्डिजविरुद्ध खेलिएको ५ वटा म्याचको टी२० सीरीजको निम्ति चयन गरिएको थिएन। त्यस सीरीजमा अष्ट्रेलिया ५-०-ले विजयी भएको थियो। यसरी वनडे टीमका नियमित कप्तान प्याट कमिन्सलाई चाहिँ दक्षिण अफ्रिकाविरुद्ध सीरीजको निम्ति आराम दिइएको छ। कमिन्सको साथमा मिचेल स्टार्कलाई पनि देखिनेछैन। कमिन्सको अनुपस्थितिमा मिचेल मार्शले दुवै प्रारूपमा टीमको कप्तानी गर्नेछन्। स्टीव स्मिथ र ग्लेन म्याक्सवेलले वनडे प्रारूपबाट सन्न्यास लिइसकेका छन्। वेष्ट इण्डिजविरुद्ध टी२० सीरीजमा असल प्रदर्शन गर्ने मिचेल ओवेनलाई दक्षिण अफ्रिकाविरुद्ध सीरीजको निम्ति पनि चयन गरिएको छ। यसबाहेक क्यामरन ग्रीन वनडे टीममा फर्किएका छन्। टेस्ट टीमबाट बाहिर हुने मार्नस लाबुशेनले वनडे टीममा स्थान कायम राखेका छन्। चोटमुक्त स्पिन अलराउण्डर म्याथ्यू शर्टलाई दुवै टीममा सामेल गरिएको छ। अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच टी२० सीरीजको पहिलो म्याच १० अगस्तमा डर्विनमा खेलिनेछ। त्यसपछि दोस्रो र तेस्रो टी२० म्याच क्रमशः १२ र १६ अगस्तमा खेलिनेछ। यसरी वनडे सीरीजको पहिलो म्याच १९ अगस्तमा केयर्न्समा खेलिनेछ। रहल दुईवटा म्याच क्रमशः २२ र २४ अगस्तमा हुनेछ।
अष्ट्रेलियाई टी२० टीम यसप्रकार छः
मिचेल मार्श (कप्तान), शन एबट, टिम डेविड, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, मेट कुहनेम्यान, ग्लेन म्याक्सवेल, मिचेल ओवेन, म्याथ्यू शर्च, एडम जाम्पा।
अष्ट्रेलियाई वनडे टीम यसप्रकार छः
मिचेल मार्श (कप्तान), जेवियर बार्टलेट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, मार्नस लाबुशेन, लान्स मोरिस, मिचेल ओवेन, म्याथ्यू शर्ट, एडम जाम्पा।

About Author

Advertisement