देहरादूनस्थित गोर्खा हिमालयन फेस्टिभल २०२६”-मा सांसद विष्ट उपस्थित

FB_IMG_1771769318082

देहरादून: दार्जिलिङ लोकसभा सांसद राजु विष्ट उत्तराखण्डको, देहरादूनमा शहीद दुर्गा मल्ल मेमोरियल ट्रस्टद्वारा आयोजन गरिएको “गोर्खा हिमालयन फेस्टिभल २०२६”-मा सहभागी भए।
यसबारे उल्लेख गर्दै सांसद विष्टले यहाँ दार्जिलिङ, सिक्किम, असम, उत्तराखण्ड, हिमाचल प्रदेशसँगै देशका विभिन्न क्षेत्रबाट आएका गोर्खा, गढ़वाली, कुमाउँनी, जौनसारी सांस्कृतिक कलाकारहरू, गायक-गायिकाहरू, नृत्य कलाकारहरू, शिल्पकारहरूद्वारा भव्य एवं आकर्षक प्रस्तुतिहरूका साथै हिमाली क्षेत्रका विशिष्ट खानपान, वेषभूषा आदिको प्रदर्शन भइरहेको छ भने।


यो आयोजनले उनलाई गोर्खा समुदायको गौरवशाली र संघर्षपूर्ण इतिहास बोकेको उत्तराखण्ड वीर भूमिको पुनर्यात्रा गर्ने अवसर प्रदान गर्‍यो। साथै विष्टलाई भारतीय स्वाधीनताका लागि फाँसीमा झुण्डिएका शहीद मेजर दुर्गा मल्लज्यू लगायत स्वतन्त्रताप्राप्ति पछि मातृभूमिकोलागि प्राण न्यौछावर गरेका हाम्रा असंख्य गोर्खा वीरहरूको जन्मस्थलीको माटो निधारमा लगाउने सौभाग्य प्राप्त भयो।


सांसद विष्टले, देहरादूनले गोर्खा भाषा, साहित्य, संस्कृति, विज्ञान र प्रविधिको क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेको र देहरादूनले भारत भरिका गोर्खा जातिलाई एक सुत्रमा बाँध्न अहम् भूमिका निर्वाह गरेको छ भने।
एकता सबैभन्दा ठूलो शक्ति हो उनले बताए। जब गोर्खाहरू सँगै उभिन्छन्, सामूहिक दृढ़ताका साथ कुनै पनि चुनौतीलाई पार गर्न सकिनेछ। समुदायभित्रको विविधतालाई अँगाल्नुपर्छ, र दार्जीलिङदेखि देहरादून र धर्मशालासम्म, एक भएर उभिनुपर्छ भनि मन्तव्य प्रकट गरे।


अन्तमा सांसद विष्टले गोर्खाहरूको वर्तमान पिँढ़ीले आफ्नो विशाल हृदयको परिचय दिँदै समग्र हिमालयी क्षेत्रका समृद्ध सांस्कृतिक विरासत, प्राकृतिक सुन्दरता, भाषा, साहित्य, संस्कृति अनि सम्पदाहरूको पहिचान गर्ने र सर्वव्यापी गर्ने सङ्कल्प गरेर, यस्तो भव्य एवम् विशाल ‘गोर्खा हिमालयन फेस्टिभल’को आयोजन गर्ने जमर्को गर्नु साँच्ची नै सह्रनीय छ भने। उनले शहीद दुर्गा मल्ल मेमोरियल ट्रस्ट, देहरादूनलाई यो भव्य महोत्सव आयोजना गरेकोमा बधाई दिए।

About Author

Advertisement