दिल्लीमा हावाको गुणस्तर ‘खराब’

IMG-20251022-WA0089

तापक्रम सामान्यभन्दा ३.४ डिग्रीले अधि

नयाँ दिल्ली: भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर खराब पाइएको छ। बुधबार दिल्लीमा न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। जुन सामान्यभन्दा ३.४ डिग्री बढी हो।
न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सामान्यभन्दा ३.४ डिग्री बढी हो। भारतीय मौसम विज्ञान विभागले यसबारे जानकारी दिएको छ। बिहान ८.३० बजे आर्द्रता ९१ प्रतिशत रेकर्ड गरिएको थियो।
बिहान हल्का कुहिरो र धुवाँ लागेको मौसम विभागले पूर्वानुमान गरेको छ भने दिनको अधिकांश समय आकाश सफा रहने र अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबि) का अनुसार, बुधबार बिहान ९ बजे दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई ) ३३५ रेकर्ड गरिएको थियो, जुन ‘धेरै खराब’ श्रेणीमा पर्दछ।
हरियाणाका धेरै क्षेत्रहरूमा वायु गुणस्तर ‘धेरै खराब’ श्रेणीमा रेकर्ड गरिएको थियो भने छिमेकी पञ्जाबमा वायु गुणस्तर ‘खराब’ श्रेणीमा नै रह्यो। सीपीसीबीका अनुसार, हरियाणाको रेवाडी जिल्लाको धारुहेरामा बुधबार बिहान ९ बजे एक्यूआई ३८२ रेकर्ड गरिएको थियो, जुन ‘धेरै खराब’ श्रेणीमा पर्दछ।
वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० लाई ‘राम्रो’, ५१ देखि १०० लाई ‘सन्तोषजनक’, १०१ देखि २०० लाई ‘मध्यम’, २०१ देखि ३०० लाई ‘खराब’, ३०१ देखि ४०० लाई ‘धेरै खराब’ र ४०१ देखि ५०० लाई ‘गम्भीर’ मानिन्छ।

About Author

Advertisement