इण्डियन वेल्स (अमेरिका): वर्तमान च्याम्पियन ज्याक ड्रेपरले पहिलो सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै बीएनपी पारिबास ओपन टेनिस टुर्नामेण्टको चौथो राउण्डमा ५ पल्टका च्याम्पियन नोवाक जोकोविचलाई ४-६, ६-४, ७-६ (५)-ले पराजित गरे। हातको चोटले गर्दा ८ महिनासम्म कोर्टबाट बाहिर रहेपछि खेलमा फर्किने २४ वर्षीय ब्रिटेनका खेलाड़ी ड्रेपरले यस जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गरे, जहाँ उनको भिड़न्त दानिल मेदवेदेवसँग हुनेछ। मेदवेदेवले अन्य एउटा म्याचमा एलेक्स मिशेलसनलाई ६-२, ६-४-ले पराजित गरे। ड्रेपर र जोकोविचबीच म्याचको तेस्रो सेट रोमाञ्चक रह्यो। तेस्रो सेटमा जोकोविच एक समय ६-५-ले अघि थिए तर उनले त्यसको फाइदा उठाउन सकेनन् अनि ड्रेपरले पुनरागमन गर्दै सेटलाई टाईब्रेकरसम्म पुऱ्याए। म्याचपछि ड्रेपरले भने, मलाई अहिले पनि आफ्नो सर्वश्रेष्ठ फर्ममा रहेको छु जस्तो लाग्दैन तर म असल प्रदर्शन गर्न प्रतिबद्ध थिए। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन ३८ वर्षीय सर्बियाई खेलाड़ी जोकोविचले २००८, २०११, २०१४, २०१५ र २०१६-मा इण्डियन वेल्समा खिताब जितेका थिए। जोकोविच यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनमा आफ्नो करियरको ११औं खिताब जित्ने नजिक पुगेका थिए तर फाइनलमा कार्लोस अल्काराजविरुद्ध पराजित भएका थिए।










