दिग्गज जोकोविचको अनौठो रेकर्ड

IMG-20251127-WA0090

लण्डन: सर्बियाका स्टार टेनिस खेलाड़ी नोवाक जोकोविच एटीपी ऱ्याङकिंगको इतिहासमा शीर्ष ४-मा एक साल पूरा गर्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी बनेका छन्। पूर्व नम्बर एक खेलाड़ी जोकोविचले ३८ साल र ५ महिनाको उमेरमा एटीपी ऱ्याङकिंगमा शीर्ष चारमा रहेर २०२५ सीजनको समापन गरे। यसको साथमा उनले एटीपी ऱ्याङकिंगको इतिहासमा सर्वाधिकपल्ट टप फोर फिनिशको मामिलामा रोजर फेडरर र रफायल नडाल जस्ता दिग्गज खेलाड़ीहरूलाई पछि छोड़े। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता जोकोविचले चौथो नम्बरमा रहेर यस सालको समापन गरे। जोकोविच यस्तो गर्ने १४ जना खेलाड़ीहरूमा एक हुन्। एसोसिएशन अव् टेनिस प्रोफेशनल्स (एटीपी)-द्वारा जारी नवीनतम ऱ्याङकिंगमा जोकोविच चौथो स्थानमा रहेका छन्।

About Author

Advertisement