दार्जीलिङमा २४-२७ नोभेम्बर ३०औँ वार्षिक पुस्तक मेला आयोजना

IMG-20251120-WA0104

दार्जीलिङ: लोकल लाइब्रेरी अथोरिटी र लोकल लाइब्रेरी अथॉरिटी–जीटीए को आयोजना अन्तर्गत आगामी २४ नोभेम्बर २०२५ देखि २७ नोभेम्बर २०२५ सम्म दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा ३०औँ वार्षिक पुस्तक मेला आयोजना हुने भएको छ।
मेलामा विभिन्न कृतिहरू १५ प्रतिशत छुटमा उपलब्ध हुनेछन्। यस वर्ष विशेष गरी ४–७ वर्षका बालबालिकामा पढ्ने बानी र पुस्तकप्रेम विकास गर्ने कार्यक्रम पनि सुरू गरिएको छ। सो कार्यक्रम ग्रामीण पुस्तकालयहरूमासमेत सञ्चालन गरिने पुस्तकालय अधिकारी अमृत सुब्बाले जानकारी दिए।
चार दिनसम्म चल्ने मेलामा कृति लोकार्पण, पठन-पाठन कार्यक्रम, अन्तरक्रियात्मक सत्र, विद्यार्थी लक्षित चित्रकला प्रतियोगिता, अग्रज तथा युवा कविहरूको कविगोष्ठी, गीत-संगीत र नाट्य क्षेत्रका कार्यक्रम समावेश गरिएका छन्।


पुस्तकालय अधिकारी देशबन्धु अमृत सुब्बाले पुस्तकप्रेमी र भाषा-साहित्यप्रेमीहरूलाई मेलेमा सहभागी भई पढ्न र पुस्तक किन्न आह्वान गरेका छन्।

About Author

Advertisement