दार्जीलिङका युवाहरुलाई साथ लिएर राज्यसभा सांसद श्रृंगला युवा तथा खेलकुद मन्त्रीसँगअन्तर्क्रिया कार्यक्रममा सामेल

FB_IMG_1771943047909

नयाँ दिल्ली: राज्यसभाका सांसद हर्षवर्धन श्रृंगलाले हालै दार्जिलिङका युवा प्रतिनिधिमण्डललाई साथ लिएर सौजन्य भेटका लागि युवा तथा खेलकुद मन्त्री मानसुख माण्डवियाको आमन्त्रणमा दिल्लीमा एक अन्तरक्रियात्मक सत्रमा सहभागी भए।
प्राप्त जानकारी अनुसार, मन्त्रीको प्रेरणादायी मन्तव्य, सुझाव तथा मार्गदर्शन दार्जिलिङ पहाडी क्षेत्रका युवाहरूका लागि ठूलो उत्साह र प्रेरणाको स्रोत बन्ने कुरामा सांसद श्रृंगला विश्वस्त बने।

साथै, मन्त्री माण्डवियाले युवा प्रतिनिधिमण्डलको निमन्त्रणालाई स्वीकार गर्दै दार्जिलिङ भ्रमण गरी त्यहाँका युवा तथा खेलाडीहरूलाई प्रेरित गर्ने प्रस्तावमाथि विचार गर्ने सहमति जनाएको कुरा प्रकाश पार्दै मन्त्रीका ज्ञानवर्धक शब्दहरू तथा उनको उदारताप्रति सांसदले हार्दिक आभार व्यक्त गरेका छन्।

About Author

Advertisement