दलसिंह पाडा उधौली पूजा कार्यक्रममा सांसद राजु विष्ट सहभागी

FB_IMG_1769355753284

दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्ट खस जनजाति संघ, जयगाँव–कालचिनी ब्लक, अलिपुरद्वार जिल्ला समितिद्वारा आयोजित उँधौली पूजा र संस्कृतिक कार्यक्रममा सहभागी भए।

स्मरण रहोस् हिमाली टोल, हेलिप्याड ग्राउन्ड, जयगाँवमा २५ जनवरी २०२६ का दिन देखि सुरु भएको यो कार्यक्रम डुवर्स, तराई र पहाड क्षेत्रभरि फैलिएको हाम्रो खस-गोर्खा समुदायको साझा पहिचान र सांस्कृतिक एकताको सशक्त उदाहरण बनेको छ।

सामाजिक संजाल मार्फत सांसदले उँधौली पूजा केवल एक धार्मिक अनुष्ठान मात्र नभई हाम्रो इतिहास, जीवनशैली, प्रकृतिप्रतिको सम्मान र सामूहिक चेतनासँग गहिरो रूपमा जोड़ीएको परम्परा हो भने। साथै उनले अघि भने- यस्ता कार्यक्रमहरूले गोर्खा समुदायको जरा बलियो बनाउने काम गर्छ। आजको पुस्तालाई आफ्ना पुर्खाहरुकोको योगदान, संस्कार र मूल्यबोध सम्झाउने र भोलिको पुस्तासम्म हस्तान्तरण गर्ने पुलका रूपमा यस्ता सांस्कृतिक उत्सवहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ।

सांसदले संजालमा आफ्नो इतिहास, भाषा, संस्कृति र परम्परालाई जोगाएर राख्नु नै आफ्नो अस्तित्व जोगाउने कुरोमा विश्वस्त बनेको उल्लेख गरे। संजाल मार्फत सांसदले गोर्खा समुदायको पहिचान कुनै एक ठाउँमा सीमित छैन; यो पहाड़, तराई र डुवर्सका हरेक कुनामा जीवित छ। त्यसैले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो भने।

सांसदले आजको कार्यक्रममा देखिएको जनसहभागिता र उत्साहले आफ्नो मौलिकता प्रतिको चेतनामा अझ सशक्त बन्दै गइरहेको विषयले स्पष्ट सन्देश दिएको जनाए।
आजको यस कार्यक्रममा भारतीय हॉकीका कप्तान भरत छेत्री, कालचीनीका विधायक बिशाल लामा सामेल थिए।

अन्तमा सांसदले सभापति सुभास छेत्री लगायत सम्पूर्ण आयोजक कमिटी खस जनजाति संघ दलसिंगपाड़ा, जयगाँवलाई हार्दिक धन्यवाद दिए साथै उनिहरुको सांस्कृतिक गौरवलाई जीवन्त राख्न गरिएको निरन्तर प्रयासलाई साधुवाद जनाए।

About Author

Advertisement