साउथ कोरियाका पूर्वराष्ट्रपति युन सुक-यउललाई जन्मकैद

p5-6

सियोल: साउथ कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-यउललाई राजद्रोहको योजना बनाएको अभियोमा दोषी ठहर गरेको छ। उनी अख्तियार दुरुपयोगको अभियोगमा समेत दोषी ठहर भएका छन्।
सन् २०२४ को डिसेम्बरमा सैन्य शासन लागु गर्ने असफल प्रयास गरेको अभियोगमा मुद्दा चलाइएका यउलविरुद्धको सुनुवाइ बिहीवार बिहानैदेखि सुरु भएको थियो।
अभियोजनकर्ताहरूले सैन्य शासन लागु गर्ने प्रयास गरेको अभियोगका निम्ति मृत्युदण्डको सजाय हुनु पर्ने माग गरे तापनि उक्त मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
सजाय सुनाइँदा यउल प्रत्यक्ष रूपमा उपस्थित थिए र सजायप्रति उनले अनुहारमा कुनै भाव दर्साएको देखिएन।
साउथ कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग संवैधानिक अदालतद्वारा सदर भएको छ।

About Author

Advertisement