दक्षिण अफ्रिका विरुद्ध टी२० सीरीजको निम्ति भारतीय महिला टीमको घोषणा

IMG-20260324-WA0056

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले दक्षिण अफ्रिका यात्राको निम्ति भारतीय महिला टीमको घोषणा गऱ्यो। यो यात्रा ५ वटा म्याचको टी२० इण्टरनेशनल सीरीजको हुनेछ, जुन १७-देखि २७ अप्रेलसम्म चल्नेछ। अनुभवी अलराउण्डर हरमनप्रीत कौरले फेरि एकपल्ट टीमको कप्तानी गर्नेछिन्। यसरी स्टार ब्याटर स्मृति मन्धनालाई उपकप्तान बनाइएको छ। यस टीममा अनुभव र युवा प्रतिभाको असाधारण मिश्रण रहेको छ। टीममा अनुष्का शर्मालाई पहिलोपल्ट स्थान दिइएको छ। भारतीय टीम यस सीरीजमा मजबूत प्रदर्शन गर्दै दक्षिण अफ्रिकामा जीत हासिल गर्ने लक्ष्यको साथ मैदानमा ओर्लिनेछ। यस टीममा सर्वाधिक चर्चा युवा खेलाड़ी अनुष्का शर्मालाई लिएर रहेको छ, जसलाई पहिलोपल्ट राष्ट्रिय टीममा स्थान प्राप्त भएको छ। उनले हालै महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-मा गुजरात टाइटन्सको निम्ति असाधारण प्रदर्शन गरेकी छन्। टुर्नामेण्टमा अनुष्काले ७ वटा म्याचमा १२९.१९-को स्ट्राईक रेटले १७७ रन बनाएकी थिइन्। भारतीय टीमको ब्याटिंग क्रम निक्कै सन्तुलित देखिएको छ। यसमा शेफाली वर्मा, जेमिमा रोड्रिग्स र दीप्ति शर्मा जस्ता निर्भरयोग्य खेलाड़ीहरू रहेकी छन्। विकेटकीपरको जिम्मेवारी रिचा घोषले सम्हाल्नेछिन् जबकि उमा छेत्रीलाई ब्याकअपको रूपमा राखिएको छ। स्पिन विभागमा श्रेयंका पाटिल, श्री चरणी र अनुभवी दीप्ति शर्मा रहेकी छन्। पेस बलिंगको जिम्मेवारी रेणुका ठाकुर, अरुन्धति रेड्डी र क्रान्ति गौड़माथि रहनेछ। भारत र दक्षिण अफ्रिकाबीच सीरीजको पहिलो २ वटा म्याच १७ र १९ अप्रेलमा डरबनमा खेलिनेछ। यसरी तेस्रो र चौथो म्याच २२ र २५ अप्रेलमा जोहानिसबर्गमा खेलिनेछ। सीरीजको पाँचौं तथा अन्तिम म्याच २७ अप्रेलमा बेनोनीमा हुनेछ।
दक्षिण अफ्रिका यात्रामा जाने भारतीय महिला टी२० टीम यसप्रकार रहेको छः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), शेफाली वर्मा, जेमिमा रोड्रिग्स, दीप्ति शर्मा, रिचा घोष (विकेटकीपर), अरुन्धति रेड्डी, रेणुका सिंह, क्रान्ति गौड़, श्री चरणी, श्रेयंका पाटिल, काशवी गौतम, भारती फुलमाली, उमा छेत्री (विकेटकीपर), अनुष्का शर्मा।

About Author

Advertisement