नयाँ दिल्ली: अल ईंग्ल्याण्ड च्याम्पियनशीपमा उपविजेता रहने लक्ष्य सेनलाई आउँदो महिना हुने थोमस कप ब्याडमिण्टन टुर्नामेण्टमा भारतीय पुरुष टीमको अगुवाई गरिरहेको देखिनेछ जबकि पूर्व वर्ल्ड च्याम्पियन पीभी सिन्धू र उदीयमान स्टार उन्नति हुड्डाले उबेर कपमा भारतीय चुनौतीको अगुवाई गर्नेछिन्। भारतीय ब्याडमिण्टन संघले २०२२-मा थोमस कपमा ऐतिहासिक जीत दर्ता गर्ने टीमका खेलाड़ीहरूलाई धेरै हदसम्म कायम राखेको छ। आउँदो २४ अप्रेलदेखि ३ मईसम्म डेनमार्कको होर्सेन्समा हुने प्रतियोगिताको निम्ति पुरुष टीममा सेन, किदाम्बी श्रीकान्त र एचएस प्रणय जस्ता सीनियर रहनेछन्। यसरी सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले पुरुष युगलमा चुनौती पेश गर्नेछ। युवा शट्लर आयुष शेट्टीलाई सीनियर स्तरमा लगातार असल प्रदर्शनपछि पहिलोपल्ट टीममा स्थान प्राप्त भएको छ। पुरुष टीममा २०२२-को खिताब विजेता टीमका सदस्य एमआर अर्जुन पनि फर्किएका छन्, जसले चोटमुक्त खेलाड़ी हरिहरन अमसाकरुननसँग युगल टीममा स्थान बनाएका छन्। साल २०२२-को युगल टीमकी सदस्य ध्रुव कपिला पनि टीमका हिस्सा हुन् जबकि किरण जर्जले एकलमा अतिरिक्त मजबूती प्रदान गर्नेछिन्। उबेर कपमा २०१९-की वर्ल्ड च्याम्पियन सिन्धूले शीर्ष युगल जोड़ी गायत्री गोपीचन्द र त्रिसा जलीसँग मिलेर भारतीय चुनौतीको नेतृत्व गर्नेछिन्। भारतीय टीम गतपल्ट सेमिफाइनलसम्म पुगेको थियो अनि यसपाली टीमको लक्ष्य प्रदर्शनमा सुधार गर्ने रहेको छ। उन्नति हुड्डाको साथमा देविका सिहाग, इशारानी बरुआ र तन्वी शर्मा जस्ता प्रतिभाशाली युवा खेलाड़ीहरूलाई पनि टीममा सामेल गरिएको छ।
भारतीय टीम यसप्रकार रहेको छः
पुरुष टीमः लक्ष्य सेन, आयुष शेट्टी, किदाम्बी श्रीकान्त, एचएस प्रणय, किरण जर्ज, सात्विकसाईराज रंकीरेड्डी, चिराग शेट्टी, हरिहरन अम्सकरुनन, एमआर अर्जुन, ध्रुव कपिला।
महिला टीमः पीभी सिन्धू, उन्नति हुड्डा, तन्वी शर्मा, देविका सिहाग, इशारानी बरुआ, त्रिसी जली, गायत्री गोपीचन्द, कविप्रिया सेल्वम, सिमरन सिंघी, तनीषा क्रास्टो।









