त्रि-राष्ट्रिय फुटबल प्रतियोगिता: नेपालले भारतलाई पराजित गर्‍यो

IMG-20251028-WA0115

शिलांग: त्रि-राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आयोजक भारतमाथि २-१ को शानदार जित दर्ता गर्‍यो। भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा खेलिएको खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले दुवै गोल गरिन्।
खेलको शुरुमा, सावित्राले दोस्रो मिनेटमा विमला बिकको लामो पासमा भारतीय डिफेन्डरलाई पराजित गर्दै उत्कृष्ट गोल गरिन्, जसले नेपाललाई १-० को अग्रता दिलाइन्। त्यसपछि उनले ६३ औं मिनेटमा दोस्रो गोल गरिन्, जसले नेपालको अग्रता दोब्बर बनायो। यद्यपि, भारतकी करिश्मा सिरभोकरले ८१ औं मिनेटमा गोल गरिन्, तर त्यसपछि थप गोल भएनन् र नेपालले अन्ततः २-१ ले जित्यो।
यो जितसँगै, नेपाल त्रि-राष्ट्रिय प्रतियोगितामा उपविजेता बन्यो। नेपालले आफ्नो पहिलो खेलमा इरानसँग ३-० ले हारेको थियो। यसैबीच, भारतले पनि आफ्नो पहिलो खेल इरानसँग २-० ले हारेको थियो र प्रतियोगितामा कुनै पनि अंक हासिल गर्न सकेन।

About Author

Advertisement