तेस्रो एशेज टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीममा कायम ख्वाजा

IMG-20251210-WA0084

एडिलेड: अष्ट्रेलियाले ईंग्ल्याण्डविरुद्ध तेस्रो एशेज टेस्ट म्याचको निम्ति आफ्नो १५ सदस्यीय टीम घोषणा गरेको छ, जसमा कप्तान प्याट कमिन्सको आगमन सबैभन्दा ठूलो आकर्षण हो। कमिन्सले अन्तिमपल्ट जुलाईमा वेष्ट इण्डिज यात्रामा टेस्ट म्याच खेलेका थिए। उनी कम्मरको चोटले गर्दा लामो समयदेखि टीमबाट बाहिर रहेका थिए। अहिले उनी फिट छन्। यसैकारण नियमित टेस्ट कप्तानलाई १७ दिसम्बरदेखि एडिलेडमा शुरु हुने म्याचको निम्ति टीममा सामेल गरिएको छ। ब्रिसबेनमा खेलिएको दोस्रो टेस्टमा ८ विकेटले जीतको साथ अष्ट्रेलियाले ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गरेको छ। त्यस जीतपछि टीमलाई लगभग अपरिवर्तित राखिएको छ अनि एकमात्र कमिन्सलाई टीममा सामेल गरिएको छ। टीममा दबाउमा रहने ओपनर उस्मान ख्वाजालाई पनि फेरि मौका दिइएको छ। उनी ढाड़को समस्याले गर्दा दोस्रो टेस्टमा खेलेका थिएनन्। ब्रिसबेनमा खेलिएको डे-नाइट टेस्ट म्याचमा अष्ट्रेलियाले केवल पेस बलरहरू खेलाएको थियो। यसैकारण स्पिनर न्याथन लायन टीमबाट बाहिर भएका थिए। अहिले एडिलेडको पीचलाई ध्यानमा राखेर उनले अन्तिम एकादशमा स्थान पाउने लगभग तय छ। एडिलेड टेस्टपछि सीरीजको चौथो म्याच बक्सिंग डे-को अवसरमा मेलबर्नमा हुनेछ। त्यसपछि अन्तिम टेस्ट म्याच ४ जनवरीदेखि सिडनीमा खेलिनेछ।
ईंग्ल्याण्डविरुद्ध तेस्रो टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार रहेको छः
प्याट कमिन्स (कप्तान), स्कट बोलाण्ड, एलेक्स केरी, ब्रेण्डन डगेट, क्यामरन ग्रीन, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, न्याथन लियोन, माइकल नेसर, स्टीव स्मिथ, मिचेल स्टार्क, जेक वेदराल्ड, ब्यू वेबस्टर।

About Author

Advertisement