तीन म्याच पोइण्ट बचाएर कोको गौफ क्वार्टर फाइनलमा

IMG-20260219-WA0075

दुबई: कोको गौफले बुधवार राति ३ म्याच पोइण्ट बचाइन् अनि एलिस मर्टेन्सलाई २-६, ७-६ (९), ६-३-ले पराजित गरी दुबई टेनिस च्याम्पियनशीपको क्वार्टर फाइनलमा प्रवेश गरिन्। म्याच २ घण्टा १८ मिनटसम्म चल्यो। यस जीतको साथ अमेरिकी खेलाड़ी गौफले बेल्जियमकी खेलाड़ीविरुद्ध आफ्नो रेकर्ड ५-० पुऱ्याइन्। म्याचपछि कोर्टमा दिएको साक्षात्कारमा गौफले भनिन्, मलाई आज म्याचको समय केही पनि मेरो हिसाबले नभएको अनुभव भयो। यो राम्रो कुरा होइन तर मैले म्याचमा कायम रहने प्रयास गरे अनि हरेक पोइण्टको निम्ति लड़ाइँ गरे। आज नतीजा आफ्नो पक्षमा रहेर म खुशी छु। गौफ २००२-मा टुर्नामेण्ट शुरु भएपछि दुबई ड्यूटी फ्री टेनिस च्याम्पियनशीपमा ४ पल्ट क्वार्टर फाइनलमा पुग्ने सबैभन्दा कम्ती उमेरकी खेलाड़ी बनेकी छन्। उनी २००९-मा यो प्रारूप शुरु भएपछि १०० डब्ल्यूटीए र १००० मुख्य ड्र जीत हासिल गर्ने सबैभन्दा कम्ती उमेरकी खेलाड़ी पनि हुन्। क्वार्टर फाइनलमा गौफले एलेक्जेण्ड्रा एलाको चुनौती स्वीकार्नेछिन्। म्याचमा उनको नजर १०१औं जीत हासिल गर्ने अनि दोस्रोपल्ट टुर्नामेण्टको सेमिफाइनलमा पुग्ने हुनेछ। डब्ल्यूटीए स्तरमा यो दुई खेलाड़ीबीच पहिलो म्याच हुनेछ।

About Author

Advertisement