ताकाइची सानाई जापानी लिबरल डेमोट्रेटिक पार्टीका प्रमुख

IMG-20251005-WA0105

टोकियो: जापानी सत्तारूढ पार्टी लिबरल डेमोट्रेटिक पार्टीले प्रमुख निर्वाचनको मतदान सम्पन्न गरिएको छ। दोस्रो चरणको मतदानमा पूर्व आर्थिक सुरक्षा मन्त्री ताकाइची सानाईले बहुमत मत प्राप्त गर्नुभयो। त्यसैगरी उहाँ लिबरल डेमोट्रेटिक पार्टीका २९ औँ प्रमुखमा निर्वाचित हुनुभएको छ भने सम्भावित रूपमा नयाँ जापानी प्रधानमन्त्री बन्नुहुनेछ।
६४ वर्षीय सानाई जापानी दक्षिणपन्थी राजनीतिक दलका प्रतिनिधित्व व्यक्तिमध्येका एक हुनुहुन्छ। उहाँले अझ सकारात्मक बित्तीय नीति अपनाउनुका साथै राष्ट्रिय रक्षाको खर्चलाई बढाउने अडान लिनुभएको छ।

About Author

Advertisement