भारतले के संकेत दिइरहेको छ?
नयाँ दिल्ली: बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई श्रद्धाञ्जली दिन भारतका परराष्ट्र मन्त्री एस. जयशंकर बुधबार ढाका पुगेका छन्।
भारतका परराष्ट्र मन्त्री त्यतिबेला ढाका पुगेका छन्, जब दुई देशबीच सबै कुरा सामान्य छैन।
भारतमामा बंगलादेशका उच्चायुक्त रियाज हमिदुल्लाहले ढाकामा खालिदा जियाका छोरा तथा बंगलादेश नेशनलिस्ट पार्टीका कार्यकारी अध्यक्ष तारिक रहमानसँग एस. जयशंकरको भेटको तस्वीर ‘एक्स’ मा पोस्ट गरेका छन्।
तस्बिरहरू पोस्ट गर्दै हमिदुल्लाहले लेखेका छन्, “भारत सरकारको प्रतिनिधिको रूपमा भारतका परराष्ट्र मन्त्री खालिदा जियालाई श्रद्धाञ्जली दिन ढाका आएका छन्।”
अर्को तर्फ पाकिस्तानले आफ्ना राष्ट्रियसभाका सभामुख आयाज सादिकलाई ढाका पठाइरहेको छ।
मंगलबार खालिदा जियाको निधन उनका छोरा तारिक रहमान बंगलादेश फर्किएको मात्र पाँच दिनपछि भयो। तारिक रहमान पछिल्लो १७ वर्षदेखि बेलायतमा बस्दै आएका थिए।
एस. जयशंकरको ढाका भ्रमणलाई बंगलादेशसँग भविष्यका सम्बन्ध सुधारतर्फको कदमका रूपमा हेरिएको छ। भारतका पूर्व परराष्ट्र सचिव कंवल सिब्बलले जयशंकरको भ्रमणलाई राम्रो कुटनीतिक पहल भनेका छन्।










