डा. मणिकुमार छेत्रीको निधनमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण

IMG-20260407-WA0079(1)

खरसाङ: चिकित्सा विज्ञानमा किम्बदन्ती बनिसकेका डा. मणिकुमार छेत्री १०६ वर्षको उमेरमा गत ५ अप्रेलको दिन भएको निधनले केवल गोर्खा समाज मात्र होइन तर भारतीय आयुर्विज्ञान जगत नै स्तब्ध भएको छ। २३ मई १९२० मा दार्जीलिङको टिस्टाभ्याल्ली चियाकमानमा जन्मग्रहण अनि दार्जीलिङबाट आवश्यक शिक्षा हाँसिल गरी कोलकातामा मेडिकल साइन्सको शिक्षा हासिल गर्ने पद्मश्री डा. मणिकुमार छेत्री समस्त गोर्खाहरूका गौरव थिए। १९७४ मा चिकित्सा विज्ञानको क्षेत्रमापद्मश्रीले सम्मानित हुने उनी प्रथम गोर्खा पनि हुन्। पूर्व मुख्यमन्त्री ज्योति बसुका निजी चिकित्सकको रूपमा सेवा दिइसक्ने हृदयरोग विशेज्ञ डा. छेत्री १९७६ मा पश्चिम बङ्गाल सरकारको स्वास्थ्य विभागका निर्देशक पदजस्तो गरिमामय पदमा पुग्ने पनि पहिलो गोर्खा नै हुन्। उनी एक अत्यन्त सम्मानित र विशिष्ट चिकित्सक थिए। गत वर्ष मई महीनामा मङ्पूको अवधारणा समूहको आयोजनामा उनलाई हिमाली गौरव सम्मानले सम्मानित गरिएको थियो। उनको निधनले मानव जगत र चिकित्सा विज्ञानमा नै अपुरणीय क्षति भएको छ। गोर्खा जन पुस्तकालय खरसाङ उनको निधनमा गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ भनी गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव
विनोद रसाइलीले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

About Author

Advertisement