डा. भुवन खनाललाई राष्ट्रिय आदर्श शिक्षक सम्मान

IMG-20260318-WA0048

कालेबुङ: सप्तश्री ज्ञानपीठ कालेबुङका वरिष्ठ शिक्षक डा.भुवन खनाललाई राष्ट्रिय आदर्श शिक्षक सम्मान प्राप्त भएको छ। उनी संस्कृति तथा पर्यावरण संरक्षण आयोग नयाँ दिल्लीका राष्ट्रिय सदस्यको रूपमा विगत दुई वर्षदेखि निरन्तर काम गर्दै आइरहेका छन् भने विगत ३१ वर्ष अघिदेखि कालेबुङबाट नियमित पर्यावरण चेतना पत्रिकाको सम्पादन एवं प्रकाशन पनि गर्दै आइरहेका छन्।
आफ्नो जीवनको दुई दशकभन्दा धेर समय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न प्रतिवद्ध डा.भुवन पी.खनाललाई राष्ट्रिय शिक्षा आयोगले आगामी २९ मार्च २०२६ का दिन नयाँ दिल्लीको मालवीनगरमा आयोजना गरिने राष्ट्रिय संगोष्ठि तथा सम्मान समारोहमा केन्द्र सरकारका उच्च अधिकारीहरूको उपस्थितिमा राष्ट्रिय आदर्श शिक्षक सम्मान प्रदान गर्न निश्चित गरिएको आयोजक समितिका संयोजक आराधना अरोरा अनि काजल अग्रवालले जानकारी दिएका छन्।
समारोहमा डा. खनालले ग्रामीण क्षेत्रमा शिक्षाको स्तर विषय ७ मिनटको वार्ता पनि प्रस्तुत गर्नेछन्।

About Author

Advertisement