काेलकाता: ७४औँ वार्षिक डोभर लेन म्युजिक कन्फरेन्समा गायन कलाकार डा. अजय पोहनकरले संगीत सम्मान पुरस्कार ग्रहण गरे। उक्त अवसरमा मन्त्री श्रीमती चन्द्रिमा भट्टाचार्य, डोभर लेन म्युजिक कन्फरेन्सका संरक्षक सौरभ बसु, संजय बुधिया, महासचिव मोनोटोश मुखर्जी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रेस विज्ञप्तिबाट प्राप्त जानकारी अनुसार अमान हुसेनले सरेंगी वादनमा उत्कृष्ट प्रदर्शनका लागि यस वर्षको ‘क्यारिङ माइन्ड्स इन्टरनेशनल अवार्ड फर यंग ट्यालेन्ट्स’ प्राप्त गर्नेछन्।









