डबल सुपर ओभरमा हाऱ्यो लड़ाकू अफगानिस्तान

IMG-20260211-WA0073

अहमदाबाद: आईसीसी टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिकाले डबल सुपर ओभरसम्म चलेको चरम रोमाञ्चक म्याचमा अफगानिस्तानलाई पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि अफगानिस्तानले लड़ाकू प्रदर्शन गरे पनि जितिसकेको म्याच गुमायो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो। त्यसपछि अफगानिस्तान १९.४ ओभरमा १८७ रन बनाएर अलआउट हुँदा म्याच टाई भयो। अफगानिस्तानलाई अन्तिम ओभरमा जीतको निम्ति १३ रनको आवश्यकता थियो तर फजलहक फारुकी रन आउट हुँदा २ बल बाँकी रहँदा नै अफगानिस्तान अलआउट भयो। त्यसपछि सुपर ओभरमा पहिला ब्याटिंग गर्ने अफगानिस्तानले १७ रन बनायो। म्याच जित्न ६ बलमा १८ रन बनाउने लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाले पनि १७ रन नै बनाउँदा सुपर ओभर पनि टाई भयो। त्यसपछि दोस्रो सुपर ओभरमा चाहिँ अष्ट्रेलियाले ३ वटा छक्काको साथ २३ रन बनायो। जीतको निम्ति २४ रनको लक्ष्यलाई पीछा गर्दै अफगानिस्तानले पहिलो २ बलमा कुनै रन नबनाइ मोहम्मद नबीको विकेट गुमायो। त्यसपछि रहमानुल्लाह गुरबाजले केशव महाराजको लगातार ३ बलमा ३ वटा छक्का लगाए अनि ईनिंग्सको अन्तिम बलमा आउट हुँदा दक्षिण अफ्रिकाले जीत हासिल गऱ्यो।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको तर्फबाट ओपनर क्विण्टन डी कक र रेयान रिकेल्टनले अर्द्धशतक बनाए। कप्तान एडन मार्करम (५)-ले केवल १२ रनको स्कोरमा गुमाएपछि डी कक र रिकेल्टनले मिलेर दोस्रो विकेटको निम्ति ११४ रनको पार्टनरशीप गरी टीमलाई मजबूत स्कोर तर्फ अघि बढ़ाए। डी ककले ४१ बलमा ५ वटा चौका र ३ वटा छक्काको साथ ५९ अनि रिकेल्टनले २८ बलमा ५ वटा चौका र ४ वटा छक्काको साथ ६१ रन बनाए। यी दुई बाहेक डेवाल्ड ब्रेविसले २३ र डेविड मिलरले अविजित २० रनको योगदान दिए। मार्को यानसन १६ रनमा अविजित रहे। अफगानिस्तानका बलरहरूमा अजमतुल्लाह ओमारजईले ३ र राशिद खानले २ विकेट लिए। १८८ रनको लक्ष्यलाई पीछा गर्दै अफगानिस्तानको निम्ति ओपनर रहमानुल्लाह गुरबाजले विध्वंशी मिजासमा ब्याटिंग गरे। एक प्रान्तमा लगातार विकेटको पतन भए पनि उनले लड़ाइँ जारी राखेर टीमलाई म्याचमा कायम राखे। गुरबाजले ४२ बलमा ७ वटा छक्का र ४ वटा चौकाको साथ ८४ रन बनाए अनि १३औं ओभरमा आउट भए। त्यसपछि कप्तान राशिद खान (२० रन) र नूर अहमद (अविजित १५ रन)-ले प्रयास गरे पनि अन्तमा फजलहक फारुकी रन आउट हुँदा स्कोर टाई भयो।

About Author

Advertisement