ट्रम्प प्रशासनले सीडीसी कमजोर पारेको पूर्व अधिकारीहरूको आरोप

IMG-20250902-WA0080

वासिङ्टन डिसी: अमेरिकी स्वास्थ्य एजेन्सी ‘सीडीसी’ का नौ जना पूर्व शीर्ष अधिकारीहरूले डोनाल्ड ट्रम्प प्रशासनले एजेन्सीलाई कमजोर बनाएको आरोप लगाएका छन्।
स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपबारे शंका पैदा गरेर करोडौं अमेरिकीको स्वास्थ्यलाई जोखिममा पारेको उनीहरूको भनाइ छ।
राष्ट्रपति ट्रम्पले गत हप्तामात्र सीडीसीका निर्देशक सुसान मोनारेजलाई बर्खास्त गरेका थिए। केनेडी जुनियरसँगको मतभेद र उनको खोप नीतिलाई समर्थन गर्न अस्वीकार गरेको कारण मोनारेजलाई हटाइएको बताइएको छ।
यसपछि सीडीसीका अन्य चार शीर्ष अधिकारीहरूले समेत राजीनामा दिएका छन्। यस घटनाले एजेन्सीको काममा गम्भीर असर परेको पूर्व अधिकारीहरूको दाबी छ।
केनेडी जुनियरले कोरोना खोप अभियानदेखि क्यान्सर, मुटुरोग र संक्रामक रोग नियन्त्रणका कार्यक्रमहरू कमजोर पारेको, हजारौं स्वास्थ्यकर्मीलाई बर्खास्त गरेको र हालैको दादुराको प्रकोपलाई पनि खोपसँग नजोडी बेवास्ता गरेको आरोप लगाइएको छ।
अमेरिकी स्वास्थ्य नीतिमा यसले दीर्घकालीन प्रभाव पार्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।

About Author

Advertisement