ट्र‍म्पले मोदीलाई दिपावलीको शुभकामना

IMG-20251022-WA0087

भने ‘भारतले रूसबाट थप तेल किन्ने छैन’

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट थप तेल नकिन्ने बताएका छन्। ट्रम्पले मंगलबार राति प्रधानमन्त्री मोदीलाई फोन गरेर दिपावलीको शुभकामना दिँदै यस्तो बताएका हुन्।
प्रधानमन्त्री मोदीले तिहारको शुभकामना दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्। मोदीले सामाजिक सञ्जालमा लेखेका छन्,’ ‘दिपावलीको शुभकामनाको लागि धन्यवाद। उज्यालोको यो पर्वमा म कामना गर्दछु कि हाम्रा दुई महान लोकतन्त्रहरू विश्वका लागि आशाको किरण बनिरहून् र सबै प्रकारका आतंकवादविरुद्ध एकताबद्ध रहून्।’
यसअघि मंगलबार ट्रम्पले ह्वाइट हाउसमा दियो बालेर दिपावली मनाएका थिए। उनले अमेरिका र भारतबीच केही उत्कृष्ट सम्झौताहरूमा काम गरिरहेको बताएका छन्।
ट्रम्पले भनेका छन् , ‘मलाई भारतका जनता मन पर्छ। हामी हाम्रा दुई देशहरू बीच केही उत्कृष्ट सम्झौताहरूमा काम गरिरहेका छौं। मैले प्रधानमन्त्री मोदीसँग कुरा गरें र हाम्रो सम्बन्ध धेरै राम्रो छ। उनीहरूले रूसबाट थप तेल किन्ने छैनन् भन्ने विश्वास छ।’
मोदीलाई आफ्नो असल साथीको रूपमा वर्णन गर्दै ट्रम्पले भने, ‘उनी एक महान व्यक्ति हुन्। विगत केही वर्षदेखि मेरा धेरै असल साथी बनेका छन्। केही समयमै, हामी अन्धकारमाथि उज्यालोको विजयमा विश्वासको प्रतीकको रूपमा बत्ती बाल्नेछौं।’

About Author

Advertisement