‘ट्रम्पले भारत-पाक जस्ता कठिन शान्ति समझौता गराए, विदेश नीतिमा नयाँ दिशा’: रूवियोको दाबी

marco-rubio-1

वॉशिंगटन डी. सी.: अमेरिकाका विदेश मन्त्री मार्को एंटोनियो रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा “भारत–पाकिस्तान जस्ता अत्यन्त कठिन” शान्ति पहल सफलतापूर्वक अघि बढेको दाबी गरेका छन्। मंगलबार व्हाइट हाउसमा बसेको मन्त्रिपरिषद् बैठकमा रुबियोले विगत धेरै दशकपछि अमेरिकाको विदेश नीति “सुरक्षित, बलियो र समृद्ध अमेरिका निर्माण” केन्द्रित भएर अघि बढेको बताए।
उनका अनुसार ट्रम्पले अमेरिकी विदेश नीतिलाई “नयाँ रूप” दिएका छन्।
रुबियोले भने, “म सबै सम्झौताहरूको उल्लेख गर्ने छैन, तर भारत-पाकिस्तान वा क्याम्बोडिया-थाईल्यान्ड जस्ता चुनौतीपूर्ण शान्ति पहल विशेष उल्लेखका विषय हुन्। राष्ट्रपति ट्रम्प यसका लागि विशेष श्रेयका हकदार छन्।”
यसअघि बैठकमा राष्ट्रपति ट्रम्पले पनि भारत-पाक विवादसहित धेरै अन्तर्राष्ट्रिय मुद्दाहरू समाधान गरेको दाबी गरेका थिए।
उनका अनुसार, “आठ युद्ध रोकिएको” र हरेक पहलका लागि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्नेछ। रूस-युक्रेन प्रसंग उल्लेख गर्दै ट्रम्पले भने, “हामीले आठ युद्ध रोक्यौँ… अब अर्को पनि रोक्न लागिरहेका छौँ। यही मेरो सोच हो, यही आशा।”

About Author

Advertisement