टी-२० विश्वकप छनौट खेल्ने नेपाली टोलीको सूची सार्वजनिक, को–को परे?

IMG-20251003-WA0111

काठमाडौं: यही अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।
क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले शुक्रबार उक्त सूची सार्वजनिक गरेको हो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दिप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र लोकेश बम छन्।
शुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।
सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
नेपाली टोलीले भर्खरै युएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको सिरिज जितेको छ। तीन खेलमध्ये दुईमा नेपाल विजयी भएको थियो। वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।
वेस्ट इन्डिजसँगको सिरिज हात परेपछि नेपाली टोली युएईबाट विश्वकप छनौट खेल्न ओमान गएको हो।

About Author

Advertisement