टाटा टी गोल्डको ‘बंगालर शिल्पी शोज्जितो पूजो’ अभियान

IMG-20250917-WA0154

संस्कृति र परम्पराको उत्सव

कोलकाता: पश्चिम बंगाल आफ्नो समृद्ध कला, सांस्कृतिक धरोहर र शिल्पकला लागि प्रसिद्ध छ। यसै अवसरमा प्रमुख चिया ब्राण्ड टाटा टी गोल्डले दुर्गा पूजाको मौकामा नयाँ प्रचार अभियान सुरु गरेको छ। यस वर्ष ब्राण्डले स्थानीय बंगाली कलाकारहरूसँग मिलेर सीमित संस्करणको त्योहारी प्याक्स बजारमा ल्याएको छ।
यी प्याक्समा ऐक्रेलिक पेन्टिंग, आयल पेन्टिंग, ड्राई पेस्टल, वाटर कलर र डिजिटल आर्टजस्ता विविध शैलीहरू मार्फत दुर्गा पूजासँग सम्बन्धित दृश्यहरू देखाइएका छन्। मुख्य कलाकारहरूमा गौतम सरकार, गोपाल नस्कर, गौरव कुंडु, अंजन भट्टाचार्य र जोयिता बोस रहेका छन्। प्रत्येक प्याकमा षष्ठीदेखि दशमीसम्म पूजा-अनुष्ठानहरूको जीवन्त चित्रण गरिएको छ।
कोलकाताको ताज बंगालमा आयोजित विशेष मिडिया सम्मेलनमा टाटा कन्ज्यूमर प्रोडक्ट्सका भारत तथा दक्षिण एसियाका प्याकेज्ड बेभरेज खण्डका अध्यक्ष श्री पुनीत दास उपस्थित थिए। उनले कलाकारहरूले तयार पारेको कला प्रदर्शन गरे र त्योहारी प्याक अनावरण गरे।


यस अवसरमा टाटा टी गोल्डको टीभीसी फिल्मले बंगालका गल्लीहरू, पारम्परिक पन्डाल र उत्सवका रंगीन दृश्यहरूलाई चियाको भाँडोबाट उठ्ने भाप र रंगहरूसँग जीवन्त रूपमा प्रस्तुत गरेको छ। अभियानको मूल सन्देश हो: “बांग्लार पूजा एक सोनार छोबिर मोतो”, पश्चिम बंगालको दुर्गा पूजा एक जीवित स्वर्णिम चित्रजस्तै छ।

About Author

Advertisement