झापामा सेनाको हवाई गस्ती

IMG-20260305-WA0055

झापाः झापामा शान्तिपूर्ण निर्वाचनका लागि नेपाली सेनाले हवाई गस्ती गरिरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् भने क्षेत्र नं. २ मा १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन्। त्यसैगरी झापा क्षेत्र नं. ३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन्। झापा क्षेत्र नं. ४ मा ६३ मतदान स्थलबाट १ लाख ३० हजार ७१२ मतदाताले मतदान गर्दैछन्। ५ नं. क्षेत्रका ६१ मतदान स्थलबाट १ लाख ६३ हजार ३७९ मतदाताले मतदान गर्दैछन्।
झापा ५ बाट नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली एवं राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह, नेकपाका रञ्जित तामाङसहित प्रतिष्पर्धामा छन्। शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनका लागि झापामा नेपाली सेनाले हवाई गस्तीसमेत गरिरहेको छ।

About Author

Advertisement