जेवर अन्तर्राष्ट्रिय विमान स्थलको पहिलो चरण उद्घाटन, प्रधानमन्त्री मोदीद्वारा शुभारम्भ

जेवर

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको जेवरमा निर्माण गरिएको जेवर अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री मोदीले उक्त विमानस्थललाई “नयाँ भारतको ऊर्जा र आत्मविश्वासको प्रतीक” भन्दै यसले प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनका अनुसार यस परियोजनाले युवाहरू र किसानहरूका लागि नयाँ अवसर सिर्जना गर्नेछ।

यो विमानस्थल दिल्ली–एनसीआर क्षेत्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ, जसले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलसँग मिलेर हवाई सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ। यसले यात्रुको चाप घटाउने र क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्‍याउनेछ।
यस विमानस्थलबाट नोएडा, मेरठ, गाजियाबाद, मथुरा र आग्राजस्ता सहरहरू प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।

About Author

Advertisement