जी-२० शिखर सम्मेलनमा ट्रम्प नजाने

IMG-20250413-WA0035

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन्। राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकाले श्वेत विरोधी अपराध गरेको आरोप दोहोर्‍याउँदै सामाजिक सञ्जालमार्फत सम्प्रेषित एक पोस्टमा उक्त देशमा आयोजना हुने जी–२० सम्मेलन बहिस्कार गर्ने बताएका हुन्। उनको यो भनाइले दक्षिण अफ्रिकाको कट्टरपन्थी अफ्रिकन नेसनल पार्टीलाई आक्रोशित बनाएको छ। 
दक्षिण अफ्रिकाविरुद्ध नयाँ प्रहार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार राति आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ‘नरसंहार’मा मारिएका गोरा किसानहरूबाट खेतीयोग्य जमिन जफत गरिएको ‘निराधार दाबी’ दोहोर्‍याएका हुन्। ‘के हामी जी–२० का लागि यहीँ हुन चाहन्छौं? मलाई त्यस्तो लाग्दैन,’ उनको पोस्टमा लेखिएको छ। 

About Author

Advertisement