जिम्बाब्वेविरुद्ध २३ रनले पराजित भएर अष्ट्रेलिया समस्यामा

IMG-20260214-WA0003

कोलम्बो: आईसीसी टी२० वर्ल्ड कपमा शुक्रवार ठूलो उलटफेर गऱ्यो। ग्रुप बी-को म्याचमा आज जिम्बाब्वेले शक्तिशाली अष्ट्रेलियालाई २३ रनले पराजित गऱ्यो। यस जीतको साथ जिम्बाब्वे २ वटा म्याचमा ४ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा दोस्रो स्थानमा रहन पुग्यो। श्रीलंका त्यति नै पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी अष्ट्रेलिया २ वटा म्याचमा २ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। आर प्रेमदासा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनायो। त्यसपछि अष्ट्रेलियाई टीम १९.३ ओभरमा केवल १४६ रन बनाएर अलआउट भयो। लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाको शुरुवात खराब रह्यो अनि केवल २९ रनमा ४ विकेट गुमाएपछि टीमले म्याचलाई नियन्त्रणमा राख्न सकेन। छैटौं नम्बरमा ओर्लिएर म्याट रेनशाले ६५ रन बनाए पनि कुनै फाइदा भएन। उनले ४४ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। उनले ग्लेन म्याक्सवेलसँग पाँचौं विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरे। म्याक्सवेलले ३१ रनको योगदान दिए। यी दुईजनालाई छोड़ेर एकमात्र कप्तान ट्रेविस हेड (१७)-ले ८ भन्दा अधिक रन बनाए। जिम्बाब्वेका बलरहरूमा ब्लेसिंग मुजरबानीले ४ र ब्राड इभान्सले ३ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै जिम्बाब्वेको निम्ति ओपनर ब्रायन बेनेटले महत्त्वपूर्ण अर्द्धशतक बनाए। उनले ५६ बल खेलेर ७ वटा चौकाको साथ ६४ रन बनाए। बेनेटले पहिलो विकेटको निम्ति तादिवानाशे मारुमेनीसँग मिलेर ७.३ ओभरमा ६१ रनको पार्टनरशीप गरे। मारुमेनीले ७ वटा चौकाको साथ २१ बलमा ३५ रन बनाए। पहिलो विकेटको पतनपछि बेनेटले रेयान बर्लसँग मिलेर पनि दोस्रो विकेटको निम्ति ७० रनको पार्टनरशीप गरे। बर्लले ३० बललमा ३५ रन बनाए। बर्लको विकेट पतन भएपछि बेनेटले कप्तान सिकन्दर रजासँग पनि तेस्रो विकेटको निम्ति ३८ रनको अटूट पार्टनरशीप गरे। रजाले १३ बल खेलेर २ वटा चौका र एउटा छक्काको सहायताले अविजित २५ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा मार्कस स्टोइनिस र क्यामरन ग्रीनले १-१ विकेट लिए।

About Author

Advertisement