गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले हालै नयाँ दिल्लीमा अरुणाचल प्रदेशकी महिलाविरुद्ध जातीय भेदभाव भएको घटना चिन्ताजनक र दुर्भाग्यपूर्ण छ भने। उनले यस्ता घटनाले हामीलाई सधैं मर्यादा र आपसी सम्मानको महत्व सम्झाउने कुरा व्यक्त गरे।
प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले पूर्वोत्तर क्षेत्र भारत राष्ट्रको अभिन्न हिस्सा हो र प्रत्येक नागरिकले मर्यादा, समानता र सम्मान पाउने अधिकार राख्ने कुरा जनाए।
अन्तमा मुख्यमन्त्रीले सबै सबैलाई एक अर्काप्रति सचेत रहेर समझदारी, मर्यादा र आपसी सम्मानमा आधारित समाज निर्माण गर्न निरन्तर प्रयास गरौँ भने।









