काठमाडौं: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चाबीच कार्यात्मक एकता हुने भएको छ। दुई पार्टीबीच कार्यात्मक एकता घोषणा गर्ने कार्यक्रम बिहीबार दिउँसो ३ बजे काठमाडौँको बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा तय गरिएको छ।
राष्ट्रिय मुक्ति मोर्चाका महासचिव केशव झाका अनुसार भविष्यमा पार्टी एकता ल्याउन अहिले कार्यात्मक एकता गर्न लागेका हुन्। दुवै दलले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने सहमति भएको छ। झाले भने, “हामी पछि पार्टी एकता ल्याउन अहिले कार्यात्मक एकताको लागि काम गरिरहेका छौं।”
नेपाल विभाजनपछि जसपाको गठन भएको थियो। महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेपछि राष्ट्रिय मुक्ति मोर्चाको गठन गरेका थिए।










