जलपाईगुडी शहरको नम्बर ०४ घुम्ती क्षेत्रमा सोमबार बिहानै भीषण आगलागी

Screenshot_20260302_181219_Google

जलपाईगुडी: जलपाईगुडी सहरको नम्बर ०४ घुम्ती क्षेत्रमा सोमबार बिहानै भीषण आगलागी हुँदा एउटा स्टेशनरी दाेकान पूर्ण रूपमा जलेर नष्ट भयो।
स्थानीय स्रोतका अनुसार, बन्द रहेको दाेकानबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखेपछि बासिन्दाहरूले तुरुन्तै दमकललाई खबर गरे। सूचना प्राप्त हुनासाथ दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो निभाउने प्रयास सुरु गरे। केही समयपछि आगो नियन्त्रणमा ल्याइयो।
प्रारम्भिक अनुमानअनुसार विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण पत्ता लगाउन दमकल विभागका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
दाेकान मालिकले घटनामा दाेकानभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए। उनले कुल क्षति लाखौँ रुपैयाँ बराबर भएको अनुमान गरे।

About Author

Advertisement