जलढाका: जलढाकाकी आश्लेषा शर्माले चेन्नईस्थित अफिसर्स ट्रेनिङ एकेडेमीबाट तालिम सफलतापूर्वक पूरा गरेपछि भारतीय सेनामा लेफ्टिनेन्टका रूपमा नियुक्त भइन्। उनको यस उपलब्धिलाई लिएर राज्यसभा सांसद हर्षबर्धन श्रृंगलाले गोर्खा समुदायमा गर्वको अनुभूति भएको बताए।
संजाल मार्फत प्राप्त जानकारी अनुसार सांसदले आश्लेषा शर्माको यो सफलता युवा पुस्ताको दृढता, अनुशासन र साहसको उदाहरण भएको बताए। साथै उनको उपलब्धिले धेरै युवायुवतीलाई ठूलो सपना देख्न र राष्ट्रको सम्मानका साथ सेवा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
अन्तमा सांसदले आश्लेषा शर्माको यस गौरवपूर्ण तथा सम्मानजनक यात्राका लागि शक्ति र सफलताको कामना व्यक्त गरे।









