हुबली: जम्मू-कश्मीरका कप्तान पारस डोगरामाथि म्याच फीसको ५० प्रतिशत जरिमाना लगाइएको छ। यसको साथ उनको खातामा १ डिमेरिट अंक पनि जोड़िएको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीससीसीआई)-का एकजना अधिकारीले यस्तो जानकारी दिएका छन्। वास्तवमा रणजी ट्रफीको फाइनल म्याच जम्मू-कश्मीर र कर्नाटकबीच हुबलीमा चलिरहेको छ। म्याचको अवधि ब्याटिंग गरिरहेका पारसको कर्नाटकका फील्डर केभी अनीशसँग भनावैरी भयो। पारसले त्यस समय रिसाएर अनीशलाई शीरले हिर्काएका (हेड बट) थिए। घटना फाइनलको दोस्रो दिन भएको थियो। जम्मू-कश्मीरको पहिलो ईनिंग्सको १०१औं ओभरमा पारसले प्रसिद्ध कृष्णाको बलिंगमा चौका लगाएका थिए। त्यसपछि पारस र सब्स्टीट्यूड फील्डर केभी अनीशबीच भनावैरी शुरु भएको थियो। त्यही समय पारसले आफ्नो शीरले अनीशलाई हिर्काएका थिए। दुईजना खेलाड़ीबीच जारी तनाउलाई कम्ती गर्न मैदानी अम्पायरहरूको साथमा कर्नाटकका सीनियर क्रिकेटर मयंक अग्रवालले पनि मध्यस्थता गर्नु परेको थियो। जानकारी अनुसार, अनीशको लगातार स्लेजिंगले पारस रिसाएका थिए। उनले पछिबाट घटनाको निम्ति माफी पनि मागेका थिए।










