जनताले नयाँ बंगालको अपेक्षा व्यक्त गर्न थाले: सरकारको भूमिकामाथि प्रश्न

FB_IMG_1774459119185

कोलकाता: आज आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले पश्चिम बंगालको राजनीतिक परिवेशमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिन थालेको र सर्वसाधारण जनताले अब खुला रूपमा आफ्नो अपेक्षा र असन्तुष्टि व्यक्त गर्न थालेका कुरा संजाल मार्फत व्यक्त गरिन्। उनले भनिन्- धेरैको धारणा अनुसार ममता बेनर्जीको नेतृत्वमा राज्यको विकास अपेक्षाअनुसार अघि बढ्न सकेको छैन, जसका कारण सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
विधायिका पालले स्थानीय बासिन्दाहरू अहिले कस्तो बंगाल चाहन्छन् भन्ने विषयमा अझ स्पष्ट हुँदै गएका कुरा प्रकाश पारिन्। विधायिकाले उनीहरूले रोजगारी, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवामा सुधार जस्ता आधारभूत विषयहरूलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् भनिन्। साथै जनताको आवाजमा देखिएको यो परिवर्तनले आगामी राजनीतिक दिशामा पनि प्रभाव पार्ने संकेत देखिएको कुरा अघि राखिन्।
यसैबीच भारतीय जनता पार्टी (भाजपा) ले जनताको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र पार्टीले “सुनौलो बंगाल” निर्माण गर्ने लक्ष्यसहित राज्यका नागरिकका लागि उज्ज्वल र समृद्ध भविष्य सुनिश्चित गर्ने वाचा दोहोर्‍याएको छ भनेर विधायिकाले आफ्नो सम्बोधनमा व्यक्त गरिन्।
विधायिकाले अन्त्यमा भनिन्- विश्लेषकहरूका अनुसार, जनताको बढ्दो सक्रियता र स्पष्ट अभिव्यक्तिले पश्चिम बंगालको राजनीतिक प्रतिस्पर्धालाई अझ तीव्र बनाउनेछ। आगामी समयमै यी अपेक्षाहरूले वास्तविक नीतिगत परिवर्तन ल्याउँछन् कि ल्याउँदैनन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको छ।

About Author

Advertisement