तेहरान: इरानले आफूविरुद्ध आक्रमण अमेरिकी सैन्य अड्डा प्रयोग गर्न नदिन खाडी क्षेत्रका देशहरूलाई चेतावनी दिएको छ।
इरानी शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले खाडी क्षेत्रका आफ्ना छिमेकी देशहरूलाई यस्तो चेतावनी दिएका छन्।
इजरायल र अमेरिकाको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएपछि इरान निकै आक्रामक देखिएको छ। इरानले इजरायलका साथ खाडी क्षेत्रका कैयौँ देशमा आक्रमण गर्न थालेको छ।
यदि ती देशहरूले इरानमा आक्रमण गर्न आफ्ना देशमा रहेका सैन्य अखडा अमेरिकी सेनालाई प्रयोग गर्न दिए आक्रमण गर्ने चेतावनी दिएका छन्।
लारीजानीले आफ्ना छिमेकी देशहरू साउदी अरब, कतार, यूएई, बहराइन र कुवेतसँग यस्तो अनुरोध गरेका हुन्।
आफूमाथि आक्रमण गर्ने अमेरिकी सेनालाई सैन्य अखडा उपलब्ध गराएर सहयोग गर्ने देशहरू इरानका शत्रु भएको ठोकुवा गर्दै तत्काल तिनीहरूलाई देश छोड्न आदेश दिन सुझाव दिएका छन्।
यसै कुरालाई आधार बनाएर इरानले साउदी, कतार, यूएई, बहराइन र कुवेतमाथि आक्रमण गर्ने गरेको छ।
इरानको क्षेप्यास्त्र आक्रमणबाट कुवेतमा ३ जना अमेरिकी सैनिकको ज्यान गएको छ भने ५ जना सैनिक घाइते भएका छन्।










