चोटको समस्याले गर्दा फूटबलबाट सन्न्यास लिने दिशामा अग्रसर नेमार

IMG-20260221-WA0095

नयाँ दिल्ली: ब्राजीलका दिग्गज फूटबलर नेमारको करियर चोटहरूले प्रभावित रहेको छ। बारम्बार चोटको समस्याले गर्दा नेमारले फूटबलबाट सन्न्यास लिने सोचिरहेका छन्। नेमारले शुक्रवार ब्राजीलको एउटा डिजिटल च्यानलमा खेलबाट सन्न्यास लिने सम्भावना व्यक्त गरे। नेमारको बयान उनका प्रशंसकहरूका निम्ति ठूलो झट्का हो। यस साल फिफा वर्ल्ड कप पनि रहेको छ अनि त्यसअघि नै नेमारको फूटबललाई बिदा जनाउने बयानले प्रशंसकहरू चिन्तित छन्। नेमारले भने, अब के हुनेछ भन्ने मलाई थाहा छैन। मलाई त आउँदो सालबारे पनि थाहा छैन। दिसम्बरसम्म फूटबलबाट सन्न्यास पनि लिन सक्छु। अहिले म एक-एक साल गरेर अघि बढ़िरहेको छु। यो वर्ल्ड कपको साल हो। यसैकारण यो साल म अनि ब्राजीलको राष्ट्रिय टीमको निम्ति पनि महत्त्वपूर्ण छ। ३४ वर्षीय नेमारले गत महिना आफ्नो वाल्यकालको क्लब सेण्टोससँग आफ्नो अनुबन्ध बढ़ाएका थिए। नेमार जनवरी २०२५-मा सेण्टोस फर्किएका थिए अनि टीमलाई ब्राजीलको शीर्ष घरेलु क्लब बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले सीजनको अन्तमा ५ वटा म्याचमा ५ गोल गरे। नेमारको हालै घुँड़ाको सफल सर्जरी भएको थियो। ब्राजीलको निम्ति अहिलेसम्म सर्वाधिक ७९ गोल गर्ने नेमार अक्टोबर २०२३ पछि राष्ट्रिय टीमबाट खेलेका छैनन्। यसैकारण ब्राजीलको वर्ल्ड कप टीममा उनले मौका पाउने सम्भावना पनि कम्ती नै छ। ब्राजीलका म्यानेजर कार्लो एन्सेलोट्टी पनि वर्ल्ड कपको निम्ति आफ्नो टीममा सम्पूर्ण रूपले फिट खेलाड़ीहरू चाहन्छन्। फिफा वर्ल्ड कप ११ जूनदेखि शुरु भएर १९ जुलाईसम्म चल्नेछ। टुर्नामेण्टको आयोजन अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा गर्नेछ।

About Author

Advertisement