सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु बिष्टले चैत्र दशैं तथा श्रीराम नवमीको पावन अवसरमा सम्पूर्ण जनतामा हार्दिक शुभकामना व्यक्त गरे।
शुभकामना सन्देशमा उनले चैत्र दशैंलाई शक्ति र भक्तिको संगम, सत्यको विजय तथा वसन्त ऋतुको आगमनको प्रतीकको रूपमा उल्लेख गरे। उनले भगवान श्रीरामको अवतरणसँगै तीनै लोकमा हर्षोल्लास छाएको, सम्पूर्ण जीवजन्तु आनन्दित भएको र दिव्य आकाशबाट पुष्पवृष्टि भएको प्रसंग स्मरण गरे।
सांसद बिष्टले यस पावन अवसरमा भगवान श्रीरामको कृपा र आशीर्वाद सम्पूर्ण जीवजन्तुमा बरसियोस् भन्ने कामना व्यक्त गरे। साथै उनले भगवानको दिव्य अवतरणको यो उत्सवले सबैको जीवनमा खुशी, शान्ति र आनन्द ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरे।









