“चिया श्रमिकहरूको हितमा काम गर्ने लिए संकल्प” सहित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ गठन

IMG-20250304-WA0210

डुवर्स: इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको कार्यहरूलाई देखेर तराईको विभिन्न संघ संस्थाहरूले त्यहाँका चिया श्रमिकहरूको पक्षमा काम गर्ने अठोट गर्दै आज तराईमा पनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन भएको छ। तराईमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा तराईमा सम्पन्न भयो। आयोजित सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्य केन्द्रीय नेतृत्वहरूमा महेन्द्र छेत्री, एन वी खवास,भीम सुनाम आदि उपस्थित रहेका थिए। आयोजित सभामा पहाड तराई डुवर्सका चिया श्रमिकहरूको समस्याहरूलाई लिएर एकबद्व भएर काम गर्ने वाचा गर्दै तराईमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको कार्यकारिणी समितिको गठन भएको छ,जस अनुसार सर्वसमतिले कार्यकारिणी अध्यक्ष राजेश लाँकडा,उपाध्यक्ष सगेन मोक्तान, महासचिव चन्द्र लोहार र श्रीमति रूपा राई,सहसचिव राजक बराईक,कोषाध्यक्ष संजीत कुजुर र श्रीमति अमृता राई त्यसरी कोर कमिटिमा डाक्टर जोय प्रज्वलालाई चयन गरिएको छ।

About Author

Advertisement