चिन्नास्वामी स्टेडियममा द्रविड़ र कुम्बलेको नाममा स्ट्याण्ड

IMG-20260214-WA0056

बेंगलुरु: भेंकटेश प्रसादको नेतृत्वमा रहने कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)-ले बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा भारतका दिग्गज खेलाड़ी अनिल कुम्बले र राहुल द्रविड़को नाममा स्ट्याण्ड राख्ने फसेला गरेको छ। कुम्बले टेस्ट र वनडे इण्टरनेशनलमा भारतको निम्ति सर्वाधिक विकेट लिने बलर हुन् जबकि सचिन तेन्दुलकरपछि टेस्टमा भारतको निम्ति सर्वाधिक रन द्रविड़ले बनाएका छन्। दुवै खेलाड़ी भारतको कप्तान रहे। यसको साथमा द्रविड़ र कुम्बलेले भारतीय टोलीमा मुख्य प्रशिक्षकको पदमा पनि काम गरिसकेका छन्। कुम्बलेले भने, हामी सबैको योगदानले कर्नाटक क्रिकेटलाई यस उँचाईमा पुऱ्यायो अनि त्यसरी नै कर्नाटक क्रिकेटले हामी सबैलाई बनायो भन्दा अत्युक्ति नहोला। वास्तवमा कुन स्ट्याण्डमा कसको नाम छ भन्ने कुराले कुनै फरक पर्दैन। सबैको योगदानलाई मान्यता दिइयो अनि यो नै ठूलो कुरा हो। अब त्यो नाम स्टेडियममा सदाको निम्ति अंकित रहनेछ। द्रविड़ र कुम्बलेको साथमा महिला क्रिकेट टीमकी पूर्व कप्तान शान्ता रंगास्वामीको नाममा पनि स्ट्याण्ड राख्ने फसेला गरिएको छ। कुम्बलेले भने, मेरो साथी क्रिकेटर राहुल द्रविड़ र शान्ता रंगास्वामीलाई पनि कर्नाटक र भारतीय क्रिकेटमा उनीहरूका महत्त्वपूर्ण योगदानको निम्ति सम्मानित गरिँदैछ। सबैलाई बधाई। यसरी द्रविड़ले भने, यो (चिन्नास्वामी स्टेडियम) मेरो निम्ति दोस्रो घर जस्तै हो अनि कुम्बलेले भने झैं हामीले आफ्नो घरभन्दा अधिक समय यहाँ बिताएका छौं। यो एउटा यस्तो स्थान हो जहाँ हामीलाई धेरै खुशी प्राप्त भयो अनि केही मौकाहरूमा निराशा पनि तर अहिले म जे पनि छु, त्यो यही स्थानले गर्दा नै हो। केएससीए र यस प्रतिष्ठित मैदानले मलाई जीवनमा जे पनि दियो, त्यसको निम्ति म धेरै आभारी छु।

About Author

Advertisement