ग्लोब सकर अवार्ड्स २०२५-मा डेम्बेले र बोनमाती सर्वश्रेष्ठ फूटबलर

IMG-20251229-WA0081

दुबई: दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स २०२५ ले विश्व फूटबलका उत्कृष्ट अनुहारहरूलाई एकै मञ्चमा सम्मानित गर्‍यो। यस भव्य समारोहमा जहाँ क्रिस्टियानो रोनाल्डोको निरन्तर प्रभावशाली उपस्थितिले चर्चा पायो भने रातको सबैभन्दा ठूलो पुरस्कार ओस्मान डेम्बेलेले हासिल गरे। यस समारोहले गत सीजन पेरिस सेण्ट जर्मेन (पीएसजी)-को निम्ति कतिको मजबूत रहेको थियो भन्ने स्पष्ट गऱ्यो।
डेम्बेले बने सर्वश्रेष्ठ पुरुष फुटबलरः
पीएसजी-का लागि शानदार र निर्णायक सीजन खेल्ने ओस्मान डेम्बेलेलाई सर्वश्रेष्ठ पुरुष फूटबलर चयन गरियो। उनले किलियन एम्बाप्पे, लामिन यामाल, भिटिन्हा र राफिन्हाजस्ता चर्चित खेलाड़ीलाई पछि पारे। सीजनभरको निरन्तरता र म्याच जिताउने प्रदर्शनले उनलाई यो पुरस्कारको प्रबल दावेदार बनायो।
मिडल-ईष्टमा रोनाल्डोको दबदबा कायमः ४० वर्षको उमेरमा पनि क्रिस्टियानो रोनाल्डोले अझ एउटा सम्मान आफ्नो नाम गरे। अल–नस्रबाट खेल्दै उनले सर्वश्रेष्ठ मीडल-ईष्टर्न खेलाड़ीको पुरस्कार जिते। मैदानभित्रको प्रदर्शनसँगै सऊदी अरबमा उनको खेलकुद र व्यावसायिक प्रभावलाई पनि यस पुरस्कारमा सराहना गरियो। यस श्रेणीमा उनले करिम बेञ्जेमा, रियाद महरेज र सालेम अल–दवसारीलाई पछि पारे।
क्लबदेखि प्रशिक्षकसम्म पीएसजी-को वर्चस्वः
समारोहमा पीएसजीको प्रभाव सबै स्तरमा देखियो। पीएसजी-ले सर्वश्रेष्ठ पुरुष क्लबको पुरस्कार जित्यो भने लुइस एनरिकेलाई सर्वश्रेष्ठ प्रशिक्षक चयन गरियो। घरेलु र युरोपेली स्तरमा हासिल सफलताको कारगर रणनीतिको निम्ति उनलाई सम्मान हासिल भयो। मिडफिल्ड नियन्त्रणको निम्ति भिटिन्हाले सर्वश्रेष्ठ मीडफिल्डरको पुरस्कार जिते।
युवा नक्षत्रहरूको रातः बार्सिलोनाका युवा फरवर्ड लामिन यामालले सर्वश्रेष्ठ फरवर्डको पुरस्कार जिते। पीएसजी-का डेजाएर डुएलाई सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरियो।
महिला फूटबल तथा अन्य सम्मानः
महिला वर्गमा आइताना बोनमाती (बार्सिलोना)-ले आशानुरुप सर्वश्रेष्ठ महिला फूटबलरको पुरस्कार जितिन्। यसरी उनकी क्लब बार्सिलोनाले सर्वश्रेष्ठ महिला क्लबको ट्रफी जित्यो। अन्य प्रमुख सम्मानमा जर्ज मेन्डेस (सर्वश्रेष्ठ एजेण्ट), लुइस क्याम्पोस (सर्वश्रेष्ठ स्पोर्टिंग डाइरेक्टर) र नासिर अल–खेलाफी (सर्वश्रेष्ठ स्पोर्ट्स प्रेसिडेण्ट)-ले पनि पुरस्कार जिते। पल पोग्बालाई सर्वश्रेष्ठ स्पोर्टिंग कमब्याक, पोर्तुगललाई सर्वश्रेष्ठ राष्ट्रिय टीम तथा हिदेतोशी नाकाटा र आन्द्रेस इनिएस्तालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो।
ग्लोब सकर अवार्ड्स २०२५: विजेताहरूको सूची
सर्वश्रेष्ठ पुरुष फुटबलर:
ओस्मान डेम्बेले (पीएसजी)
सर्वश्रेष्ठ महिला फुटबलर: आइताना बोनमाती (बार्सिलोना)
सर्वश्रेष्ठ पुरुष क्लब:
पीएसजी
सर्वश्रेष्ठ महिला क्लब: बार्सिलोना
सर्वश्रेष्ठ प्रशिक्षक:
लुइस एनरिके (पीएसजी)
सर्वश्रेष्ठ मीडफिल्डर:
भिटिन्हा (पीएसजी)
सर्वश्रेष्ठ फरवर्ड:
लामिन यामाल (बार्सिलोना)
सर्वश्रेष्ठ मिडल-ईष्टर्न खेलाड़ी: क्रिस्टियानो रोनाल्डो (अल–नस्र)
सर्वश्रेष्ठ उदीयमान फूटबलर: डेजाएर डुए
सर्वश्रेष्ठ एजेण्ट:
जर्ज मेण्डिस
सर्वश्रेष्ठ स्पोर्ट्स प्रेसिडेण्ट: नासिर अल–खेलाफी (पेरिस सेन्ट–जर्मेन)
सर्वश्रेष्ठ कण्टेण्ट क्रिएटर: बिलाल हलाल
सर्वश्रेष्ठ एकाडमी:
राइट टु ड्रिम
लाइफटाइम अचिभमेण्ट अवार्ड: हिदेतोशी नाकाटा र आन्द्रेस इनिएस्ता
सर्वश्रेष्ठ ब्राण्डिंग:
लस एन्जलस फूटबल क्लब
सर्वश्रेष्ठ मेण्टल कोच:
निकोलेट्टा रोमानाजी
सर्वश्रेष्ठ राष्ट्रिय टोली:
पोर्तुगल
सर्वश्रेष्ठ स्पोर्टिंग कमब्याक:
पल पोग्बा

About Author

Advertisement