काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोसँगको वार्तापछि अमेरिकाले ग्रीनल्याण्डमा सम्भावित सम्झौताको खोजी गरिरहेको बताएका छन्। ग्रीनल्याण्ड प्राप्त गर्ने अमेरिकी योजनाको विरोध गर्ने युरोपेली देशहरूमा कर लगाउने योजना पनि त्यागेका छन्।
आफ्नो सामाजिक सञ्जालमा ट्रम्पले नेटो प्रमुखसँगको बैठकपछि ग्रीनल्याण्ड र आर्कटिक क्षेत्रको सम्भावित सम्झौताका लागि ढाँचा स्थापित भएको बताए। उनले थप विवरण भने बताएनन्।








