ग्यास्ट्रो उपचारमा चेन्नई अपोलोको रोबोटिक सर्जरी

IMG-20251221-WA0090

कोलकाता: दक्षिण भारतका अग्रणी स्वास्थ्य सेवा प्रदायक निजी अस्पताल अपोलो चेन्नई अस्पतालतर्फबाट हालको समयमा ग्यास्ट्रो उपचारमा बिरामीहरूका लागि उपलब्ध रोबोटिक सर्जरी सेवाबारे कोलकाता केन्द्रमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ।
सिनियर कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट, ल्यापारोस्कोपिक सर्जन तथा रोबोटिक सर्जन डा. जे. के. ए. जमिल कोलकातामा उपस्थित भई अत्याधुनिक उपचार प्रविधिबारे बिरामीहरूको समस्या र उपचारका उपायहरूमा चर्चा गर्नुभयो।
उहाँले रोबोटिक विधिले उपचार क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको बताउनुभयो। तथापि, प्रान्तीय तथा दुर्गम क्षेत्रमा अझै जनचेतना आवश्यक रहेको उहाँको भनाइ थियो।

About Author

Advertisement