काठमाडौं: काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ। लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो।
सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए।
लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। साथै यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।










